काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल २५ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कात्तिक १३ गते अपरान्ह ४ः३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !