काठमाडौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारीका बचतकर्ताको चालु आर्थिक वर्षको तीन महिनामा ६४ करोड ४६ लाख १६ हजार ८४१ रुपैयाँ फिर्ता गरेको जनाएको छ । ४ हजार ८ सय ५६ जनाले बचत फिर्ताको मागदाबी सहित कार्यालयमा आवेदन दिएकोमा उनीहरुको बचत फिर्ता भएको सहकारी व्यवस्थापन समितिले जनाएको छ । यो सहित सरकारले ६ हजार ५९३ मागदाबीकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार रुपैयाँ बचत फिर्ता गरेको छ । ४३८ जनाको आंशिक रुपमा भुक्तानी भएको छ भने ६ हजार १ सय ५५ जनाले सम्पूर्ण बचत फिर्ता पाएका छन् । अब ३८ अर्ब ४२ करोड ३ लाख २९ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
यसमा ५६ हजार ६ सय ५ जनाको मागदाबी छ । समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले चालु आर्थिक वर्ष ९ वटा सहकारीको राफसाफ गर्ने लक्ष्य लिएको छ । सञ्चालक, व्यवस्थापकको नाममा रहेको अचल सम्पत्ति खोजी गरी रोक्का गर्ने कार्य भइरहेको कार्यालयले बताएको छ । यो वर्ष सरकारले समस्याग्रस्त घोषणा भएका सहकारीबाट ५ प्रतिशत बचत फिर्ता गर्ने लक्ष्य लिएको छ । यस्तै समस्याग्रस्त सहकारीबाट कार्यालयले २३ अर्ब ६२ करोड ९६ लाख ५८ हजार रुपैयाँ असुलीको अन्तिम कारबाही प्रक्रियामा रहेको जनाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !