काठमाडौं । मंगलवार दुई लघुवित्त कम्पनीहरुले ९५ हजार ४६० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका छन् । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ६७ हजार १५९ कित्ता र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ हजार ३०१ कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको हो । कात्तिक १३ गतेदेखि विक्री खुला भएको शेयर खरीदका लागि अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् । नेरुडे मिर्मिरे लघुवित्तको शेयर खरीदका लागि आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा र फस्र्ट माइक्रोफाइनान्सको शेयर खरीदका लागि कात्ति
क २७ गतेभित्र शेयर विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
फस्र्ट माइक्रोफाइनान्सको शेयरको मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ भने तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । नेरुडे मिर्मिरे लघुवित्तको शेयरको मूल्य भने तोकिएको छैन् । हाल फस्ट माइक्रोफाइनान्सको दोस्रो बजारमा ३७० रुपैयाँ प्रतिकित्ता सेयर कारोबार भइरहेको छ भने नेरुडेको ७८० रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !