काठमाडौ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । चुच्चे नक्सा अंकित गरेर पहिलो पटक केनिद्रय बैंकले नो छाप्न लागेको हो । आइतबार सूचना प्रकाशित गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले नोट छाप्ने टेन्डर प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ । ग्लोबल टेन्डरमा ठेक्का प्राप्त गरेको चिनियाँ कम्पनीसँग आशयपत्र माग गरिएको हो ।१०० दरको ३० करोड थान नोटको डिजाइन, छपाइ, सप्लाई र डेलिभरी गर्न केन्द्रीय बैंकले कम्पनीसँग आशयपत्र माग गरेको हो । ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलरमा उक्त नोट छापिने भएको छ । हालको विनियम दर अनुसार (१३४.८४ रुपैयाँ ) १ अर्ब २१ करोड ३१ लाख ४६५ रुपैयाँ पर्न जान्छ ।
गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्न नेपाल सरकार मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । २०७७ जेठ ७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !