काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले कात्तिक ११ र १२ गते सहकारी सवाल सम्बन्धी नीति संवाद कार्यक्रमू आयोजना गर्ने भएको छ ।
महासंघले सहकारी क्षेत्रका समस्याहरूको समाधान र नीतिगत सुधारका लागि ललितपुरको सानेपामा दुई दिने “सहकारी सवाल सम्बन्धी नीति संवाद कार्यक्रम”गर्ने भएको हो । महासंघले विज्ञप्ति जारी गर्दै त्यसको तयारी पूरा भएको जनाएको छ । कार्यक्रमको मुख्य उद्देश्य सहकारी क्षेत्रको हालको नीतिगत र कानूनी अवस्थाको समीक्षा गर्दै यसलाई देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा बनाउन आवश्यक सुधारहरू पहिचान गर्ने रहेको बताइएको छ ।
नेपाल राष्ट्र बैंकको कर्जा सूचना केन्द्र र विद्यमान निक्षेप तथा कर्जा सुरक्षण कोषमा सहकारीलाई समावेश गर्ने तथा सहकारीहरूको नियमन र सुपरिवेक्षण गर्न (एसटीआई) गठन सम्बन्धी विषयमा भएको सहमतिलाई अघि बढाउन यो संवाद कार्यक्रम अपरिहार्य रहेको महासंघको ठहर छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !