काठमाडौ । बजारमा सिटामोलको अभाव भएको हल्ला निराधार भएको नेपाल औषधी लिमिटेडले भनेको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन भइरहेको बताए । डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने गुनासो बढेपछि औषधी लिमिटेडले एक सुचना जारी गर्दै सिटामोलको अभाव नभएको स्पष्टिकरण दिएको हो । प्रमुख उत्पादनको रुपमा रहेको सिटामोल नियमित उतपादन भइरहेको छ । औषधी लिमिटेडका सबै स्टकिस्टहरु, सरकारी अस्पताल र तिनै तहका सरकार मातहतका स्वास्थ्य आपुर्ति व्यवस्थापन निकायलाई माग अनुसारको सिटामोल उपलब्ध गराएको कम्पनीले भनेको छ । बढ्दो डेङ्गीलाई ध्यानमा राख्नै नियमित सिटामोल उपलब्ध गराउँने प्रतिबद्धता समेत कम्पनीले गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !