काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयार गिरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै मंसिर १ गते वार्षिक साधारण सभा बोलाएको छ । ह्वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी, भक्तपुरमा विहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
त्यसका लागि सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । उल्लेखित प्रस्तावसँगै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत सभाले टुङग्याउनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !