काठमाडौँ। बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ बिन्दुमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.७६ प्रतिशतले बढेको हो ।
नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । मङ्गलबार चार अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३२४ स्टकको ६५ हजार छ ९१ पटकको कारोबारमा छ अर्ब २७ करोड रुपैयाँ बराबरको एक करोड ५७ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ७६ वटा कम्पनीको शेयर बढेको छ भने १५५ वटा कम्पनीको शेयर घटेको छ । त्यस्तै १३ वटा कम्पनीको शेयर भने स्थिर रहेको छ ।
बुधबार नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहका परिसूचक बढेका छन् भने अन्य ११ उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.३२ प्रतिशतले बढेको छ। त्यस्तै सर्वाधिक घट्नेमा बैंक उपसमूहको रह्यो जसको परिसूचक १.७० प्रतिशतले घटेको छ ।
यस दिन सर्वाधिक बढ्ने स्टकमा आइसिएफसी फाइनान्स रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सर्वाधिक घट्नेमा महुली लघुवित्त रह्यो जसको शेयर ४.२८ प्रतिशतले घटेको छ ।
बुधबार सर्वाधिक रकमको कारोबार गर्नेमा आइसिएफसी फाइनान्स रह्यो जसको ४३करोड ३४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड २ रह्यो जसको १७ लाख ९० हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !