काठमाडौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई साढे १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले गत वर्ष (२०८०/०८१) को नाफाबाट सेयरधनीलाई १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । आइतबार बसेको सञ्चालक समिति बैठकले १३.७७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० को नाफाबाट संस्थाले सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । ०७७/०७८ मा भने सर्पोटले ३१ प्रतिशतभन्दा बढी लाभांश दिएको थियो । सपोर्टले अहिले घोषणा गरेको लाभांशको प्रस्ताव नेपाल राष्ट्र बैंक र संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । सपोर्टको दोस्रो बजारमा सेयर मूल्य प्रतिकित्ता १ हजार ८ सय ९.४० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !