काठमाडौ । नेपाल राष्ट्र बैंकले नेपालमा ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (यूएसएसडी) मा आधारित भुक्तानी प्रणाली अनिवार्य गर्न नहुने निष्कर्ष निकालेको छ । केन्द्रिय बैंकले गरेको गरेको एक अध्ययनले उक्त निष्कर्ष निकालेको हो । नेपालमा यूएसएसडीमा आधारित भुक्तानी प्रणाली यसको नियमन र सुझाव सम्बन्धमा केन्द्रिय बैंक भुक्तानी प्रणाली विभागले अध्ययनल गरेको थियो । नेपालमा प्रयोगकर्तामा जनचेतना बढाउनुपर्ने चुनौती र एपमा आधारित भुक्तानी सेवामा नागरिक अभ्यस्त भइसकेकाले अब यूएसएसडीमा आधारित भुक्तानी अनिवार्य गर्नुपर्ने आवश्यकता नहुने निष्कर्ष केन्द्रिय बैंकको छ ।
नेपालमा ७३ प्रतिशत जनसंख्या स्मार्टफोन प्रयोग गर्ने र दूर दराजमा समेत इन्टरनेट सेवा पुग्दा डिजिटल भुक्तानीमा नयाँ–नयाँ प्रयोग भइसकेको अवस्थामा यूएसएसडीमा आधारित भुक्तानी प्रणाली अनिवार्य गर्नुपर्ने आवश्यकता नरहेको प्रतिवेदनमा भनिएको छ । केही समययता वित्तीय कारोबारमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग सुरु हुन थालिसकेको छ । एपमा आधारित विद्युतीय भुक्तानी प्रणालीमा नयाँ–नयाँ प्रयोग हुँदा अन्तर्राष्ट्रिय रूपमा त्यसभन्दा पुरानो प्रविधिका रूपमा रहेको यूएसएसडीमा आधारित भुक्तानी प्रणाली अनिवार्य हुनेछैन, अध्ययनमा भनिएको छ ।
प्रतिवेदन अनुसार भुक्तानीका लागि यूएसएसडी च्यानलले इन्टरनेटविना नै साधारण फिचरयुक्त मोबाइल फोनमार्फत वित्तीय कारोबार गर्न सक्ने सुविधा दिन्छ । यो अफलाइन भुक्तानीको सबैभन्दा व्यापक प्रयोग गरिने माध्यममध्ये एक हो । यूएसएसडी एउटा सेसन–आधारित, वास्तविक समयमा सन्देश आदान–प्रदान गर्ने प्रविधि हो, जुन सामान्यतया स्टारबाट सुरु भएर ह्यास मा अन्त्य हुने स्ट्रिङ मार्फत पहुँच गर्न सकिन्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !