काठमाडौँ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक न्यून अंकले बढेर बन्द भएको छ । यस दिन बजार २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.०९ प्रतिशतले बढेको छ ।
नेप्से एकल अंकले बढे पनि कारोबार रकममा भने राम्रो सुधार आएको छ । बुधबार ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३१६ स्टकको ८० हजार पाँच सय ९५ पटकको कारोबारमा सात अर्ब १९ करोड रुपैयाँ बराबरको एक करोड ८८ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा ८९ वटा कम्पनीको शेयर बढेको छ भने १४२ वटा कम्पनीको शेयर घटेको छ । त्यस्तै १३ कम्पनीको शेयर भने स्थिर रहेको छ ।
बिहिबार नेप्सेका १३ उपसमूहमध्ये सात उपसमूहको परिसूचक बढेको छ भने अन्य छ कम्पनीको परिसूचक घटेको छ । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा म्युचुवल फण्ड उपसमूह रह्यो जसको परिसूचक १.४० प्रतिशतले बढेको छ । त्यस्तै सर्वाधिक घट्नेमा ब्यापार उपसमूह रह्यो जसको परिसूचक २.१० प्रतिशतले घटेको छ।
यस दिन सर्वाधिक बढ्ने गुडविल फाइनान्स रह्यो जसको शेयरमा ७.६३ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै सर्वाधिक घट्नेमा अप्पर स्यांगे हाइद्रोपावररह्यो जसको शेयरमा ५.१९ प्रतिशतको गिरावट आएको छ ।
यस दिन सर्वाधिक रकमको कारोबार गर्नेमा कुमारी बैंक लिमिटेड रह्यो जसको ३३ करोड १३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा एचआइडिसीएलको प्रमोटर शेयर रह्यो जसको १४ लाख ८ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !