काठमाडौ । समस्याग्रस्त सहकारीका ऋणीलाई सात दिन भित्र ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ‘अल्टिमेटम’ दिएको छ । समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न समितिले १५ दिनको ‘अल्टिमेटम’ दिएको हो । यस अघि पनि पटक पटक समस्याग्रस्त घोषणा भएका सहकारीका सञ्चालक, व्यवस्थापक तथा ऋणीलाई ऋण तिर्न ३५ दिने सुचना जारी गर्दै आएपनि उनीहरुले वेवास्ता गरेपछि यसपटक समिति कडा रुपमा उत्रिएको छ ।
समितिले अन्तिम पटक ऋणी र जमानतकर्तालाई ऋण तिर्न १५ दिनको समय दिइएको छ । १५ दिनभित्र ऋण चुक्ता नगरे ऋण र जमानतकर्ताको एकाघर परिवारका सदस्यको सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने चेतावनी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दिएको छ । पटक पटक ताकेता गर्दा पनि केहीबाहेक अधिकांश ऋणी सदस्यले सम्पर्क नगरेको र आफूले तिर्न बुझाउनु पर्ने दायित्व समेत नतिरेको भन्दै अब पनि सात दिनभित्र ऋण नतिरे सम्पत्ति रोक्का राख्ने, कालोसूचीमा राख्ने र एकाघर परिवारको सम्पत्ति बिक्री गरेर ऋण असुल गर्ने निर्णय समितिले गरेको छ । समितिले समस्याग्रस्त घोषणा भएका स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, ओरेन्टल कोअपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्था,तुलसी बहुमुखी सहकारी संस्था र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न १५ दिनको सयमसिमा दिएको छ।
त्यस्तै हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था र पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका ऋणीलाई पनि ऋण तिर्न १५ दिनको समय दिइएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !