काठमाडौ । घरजग्गाको मन्दी अझै हटेको छैन । बैंक तथा वित्तिय संस्थाले घरजग्गामा प्रवाह गर्ने ऋण कम हुनुले घरजग्गा(रियल स्टेट) कारोबार अझै उठ्न नसकेको स्पष्ट हुन्छ । यो क्षेत्रमा चलायमान हुदा कर्जाको माग समेत बढ्ने गर्छ । तर चालु आर्थिक वर्षको दुइ महिनासम्ममा बैंकहरुले प्रवाह गर्ने कर्जा केही घटेको तथ्यांक राष्ट्र बैंकले प्रकाशित गरेको छ ।
चालु आर्थिक बर्षको दुइ महिनासम्ममा बैंक तथा वित्तिय संस्थाबाट २ खर्ब ६२ अर्ब ९५ करोड ७० लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको छ । साउनको तुलनामा भदौमा यस्तो कर्जा ८ अर्ब ३८ करो्ड ५० लाख रुपैयाँले घटेको छ । साउनसम्ममा २ खर्ब ६ड अर्ब १२ करोड ८० लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको देखिन्छ । आवाशिय घरकर्जा, ब्यावसायिक भवन, जग्गा प्लटिङ जस्ता क्षेत्रबाट ऋणको माग घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आवाशिय घरकर्जा ४ अर्ब ५५ करोड ३० लाख रुपैयाँले घटे्को छ । तर २ करोड भन्दा माथिको व्यक्तिगत घरकर्जाको माग भने बढेको छ ।
भदौ मसान्त सम्म यस क्षेत्रमा ३ खर्ब ९३ अर्ब ६० करोड १० लाख रुपैयाँ ऋण प्रवाह भएको छ । जबकी साउनसम्म ३ खर्ब ८७ अर्ब १ करोड ६० लाख रुपैयाँ ऋण प्रवह भएको थियो । यस आधारमा हेर्दा एकै महिनामा (भदौमा) व्यक्रिगत घरकर्जा १७ अर्ब ७ करोड ९० लाख रुपैयाँले बढेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !