काठमाडौं । गत आश्विन ११ गते देखि देशभर परेको अविरल वर्षा, वाढी र पहिरोको कारण धेरै जनाको धनजनको क्षती हुन पुग्यो । उक्त दुखद घडीमा निर्जीवन बीमा क्षेत्रको ठूलो बजार हिस्सा भएको पुरानो र विश्वासीलो शिखर इन्स्योरेन्स कम्पनीले आफूलाई प्राप्त भएका बीमा दाबीहरुको द्रुत रुपमा भुक्तानी भइरहेको जनाएको हो ।
शिखर इन्स्योरेन्सले सानो तथा सरल किसिमको बीमा दाबीहरु द्रुत गतिमा भुक्तानी भइरहेको जनाउँदै बीमा दाबीको रकम यकिनका लागि क्षति भएको सम्पत्तिको मर्मत गर्न, आवश्यक कागजात तयार र संकलन गर्न तथा सर्भे गर्न समय लाग्ने ठूला बीमा दाबीको हकमा कम्पनीबाट प्रचलित व्यवस्था बमोजिम अग्रिम दाबी भुक्तानी गर्दै आएको जनाएको छ ।
सोही अवस्थामा दाबी भुक्तानी दिन थप सहजता मिलोस भन्ने उदेश्य सहित कम्पनीले सम्बन्धित बीमितहरुलाई सम्बन्धित प्रतिनिधि, सर्भेयरसंग वा निम्न नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको हो। सोही नम्बरलाई आधार बनाउँदा बीमित र सरोकावाला नागरिकहरुलाई सहजता पुग्ने कम्पनीले विश्वास लिएको छ ।
यस्ता छन् कम्पनीले सहजिककरणका लागि दिइएको सम्पर्क नम्बरहरु-
९८०२३२०८२०
९८०११५०४४६
९८०२३३६४६५
९८४९६७०२६२
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !