दोहोरो अंकको घटाईसंगै मंगलबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०० स्टकको ४५ हजार ८७० पटकको कारोबारमा ४ अर्ब ५९ करोड बराबरको किनबेच भएको छ। जसमा ३५ कम्पनीका शेयर बढेका छन् भने २०७ कम्पनीका शेयर घटेका छन्। त्यस्तै, दुई कम्पनीका शेयर भने स्थिर रहेका छन्।
यस दिन सर्वाधिक बढ्नेमा मिड सोलु हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, सर्वाधिक घट्नेमा बुद्धभूमि नेपाल हाइड्रोपावर रह्यो जसको शेयर ७ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन २७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल फाइनान्सको करिब २४ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि- इन्स्योरेन्सको साढे १३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। यस दिन एनआईसी एशिया बैंकको करिब १३ करोडको शेयर कारोबार भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !