काठमाडौ । नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा भोली (बिहिबार) हस्ताक्षर हुने भएको छ । सम्झौता अघि आजै तिनै देशका उर्जा मन्त्रालयका सचिवहरुको बैठक बस्ने कार्यक्रम रहेको उर्जा मन्त्रालयका सहसचिव चिञ्जिवी चटौतले बताए । मंगलबार सहसचिवस्तरीय बैठक बसेको थियो । नेपाल र बङ्गलादेशका सहसचिवले नेतृत्व गर्ने संयुक्त कार्यदल (जेडब्लुजी) ले गरेको निर्णय बारेमा बुधबार सचिवले नेतृत्व गर्ने संयुक्त निर्देशक समिति (जेएससी) को बैठकमा पेस गरिनेछ ।
बङ्गलादेशले पहिलो पटक भारतीय प्रसारण लाइनको प्रयोग गरी नेपालमा उत्पादित विद्युत् आफ्नो देश लैजान लागेको हो । भारतीय बाटो प्रायेग गर्ने भएपछि उसँग नेपाल र बंगलादेश दुबैले सहमति लिनुपर्ने हुन्छ । अहिले ४० मेगावाट विजुली भारतको बाटो भएर बंगलादेश लैंजान सहमति हुनेछ बताउँदै सहचिव चटौतले भने, ‘अहिले प्रणालीको विद्युत पठाउँने भनेर तयारी भएका छौ । भोली सहमति गर्दा कुन आयोजनाको पठाउँने भनेर नाम मागे भने पनि दिन तयार छौ ।’
बिहिबार हुने सहमतिका लागि सहमतिका लागि भारत र बंगलादेशबाट आज साँझ सम्म प्रतिनिधिहरु आउने ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम(एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौतामा (पीएसए) हस्ताक्षर हुनेछ ।
नेपाल र बङ्गलादेशबीच ऊर्जा व्यापार र विद्युतसँग सम्बन्धित विषयमा छलफल गर्नका लागि सन् २०१८ मा संयुक्त कार्यदल स्थापना भएको थियो । सो कार्यदलको बैठक बेलाबेलामा बस्दै आएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !