काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । गुराँस लघुवित्त र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दूबै कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेमा गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन हुँदा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजपश्चात गुराँस लघुवित्तको शेयरमूल्य १ हजार ५९१ रुपैयाँ ९५ पैसा कायम भएको छ भने प्रभु महालक्ष्मीको ५५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो । मंगलबार दोस्रो बजारमा गुराँस लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ८१८ रुपैयाँ ८० पैसा र प्रभु महालक्ष्मीको शेयर प्रतिकित्ता ६०५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोज २३ गते ७औँ वार्षिक साधारणसभा बोलाएको छ । गुराँस लघुवित्त वित्तीय संस्थाले असाज २९ गते ९औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !