काठमाडौं । एनसेल फाउन्डेसनले झापाको बिर्तामोड नगरपालिका-५ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अनुसार महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको स्क्रिनिङ शिविर सञ्चालन गरिएको फाउन्डेसनले जनाएको छ । निःशुल्क शिविरमा १२० जनाभन्दा बढी स्थानीय महिलाहरूले स्वास्थ्य परीषण गराएका थिए । जसमध्ये ९० जनाभन्दा बढीले निःशुल्क ‘पाप स्मियर टेस्ट’ बाट लाभ लिएका थिए ।
नेपाल क्यान्सर फाउन्डेसन र पूर्वाञ्चल अस्पतालसँगको सहकार्यमा फाउन्डेसनले शिविर सञ्चालन गरेको हो । एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले आगामी दिनमा यस किसिमका पहलहरू अन्य प्रदेशमा पनि विस्तार गर्ने बताइन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !