कम्पनीको पन्ध्रौँ वार्षिक साधारण सभा काठमाडौँको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा कात्तिक ५ गते बिहान ११ बोलाएको छ।
सभाले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, कम्पनीले ताप्लेजुङ जिल्लास्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद शेयर जारी गर्ने, सोसम्बन्ध र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !