काठमाडौं । जहाजको हाइड्रोलिकमा समस्या आएको भन्दै नेपाल वायुसेवा निगमको एउटा न्यारोबडी जहाज तीन दिनदेखि दुबइमा अलपत्र परेको छ । निगमको एक न्यारोबडी जहाज एयवसको ए३२०-२०० को ९एनएकेएक्स (लुम्बिनी) नामक समस्या भएकोले तीन दिनेदेखि दुबइमै छ । यो जहाज शनिबार काठमाडौैंबाट दुवई गएपछि समयमा नै मर्मत हुन नसकेका कारण फर्कन ढिलो भएको छ ।
वायुसेवा निगमका अनुसार उक्त जहाज मर्मत भइरहेको छ । जहाज जति छिटो बननाउन सकिन्छ त्यति नै छिटै ल्याउने तयारी पनि भएको छ । जहाज छिटो मर्मत गर्न समान पनि छिटो उपलब्ध गराउनुपर्ने चुनौती निगमलाई छ ।
निगमका अनुसार यसको समाधान खरिद गरेर दिन समय लागेकोले आइतबारै आउनुपर्ने भएपनि सोमबार साँझ(आज बेलुकासम्म) मात्रै काठमाडौं आउन सक्ने छ । निगमका अनुसार जहाज मर्मत गरेर फर्कन जति ढिलो भयो उति नै उडान व्यवस्थापनमा समस्या हुन्छ ।
निगमले तीन दिन अगाडि मात्रै इटलीबाट सिचेक गरेर ल्याएको एउटा वाइडबडी जहाजले शुक्रबारदेखि मात्रै उडान सुरु गरेको थियो । अर्को एउटा वाइडबडी चिकेककै लागि इटली गएकोले उक्त जहाज तत्काल आउँदैन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !