काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको बताएका छन् । पछिल्लो चरण मोबाइल बैंकिङ्गबाट पैसा ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे विभिन्न टिकाटिप्पणी भएको भन्दै उनले त्यसमा आफ्नो ध्यानआकर्षण भएको बताएका हुन् ।
ओली लेखेका छन्,‘साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।’
साना डिजिटल कारोबारमा उपभोक्ताले शुल्क बापत १० रुपैयाँ र त्यसमा १३ प्रतिशत भ्याटको १ रुपैयाँ ३० पैसा गरेर ११ रुपैयाँ ३० पैसा तिर्दै आएका छन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !