काठमाडौँ। हाथवे इन्भेष्टमेन्ट नेपाल अर्थात् HATHY ले गत आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ।
कम्पनीको २७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत बोनस तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जस मध्य १० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश रहनेछ।
यस वर्ष आयोजना हुने वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि सो दरमा लाभांश वितरण गरिनेछ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !