काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। बुधबार सुनको भाउ अहिले सम्मकै उच्च बिन्दुमा पुगेर बिहीबार तोलामा १०० रुपैयाँले घटेको हो।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने अझै बढेको छ। बिहीबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ७८० रुपैयाँमा खरिदबिक्री भएको थियो।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !