काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई हटाउने तयारी गरेको छ । उमेर हदका कारण पदमा बस्न योग्य नरहेको भन्दै अख्तियारमा उजुरी परेपछि अध्यक्ष सिलवाललाई हटाउने तयारी भएको अर्थमन्त्रालय स्रोतले बताएको छ । २०८० साल साउन १५ गतेदेखि गैर कानुनी रुपमा अध्यक्ष पदमा रहेर काम गरिरहेका सुर्य प्रसाद सिलवाललाई अन्ततः अर्थ मन्त्रालयले हटाउने तयारी सुरु गरेको हो। यसअघि गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनको आधारमा गैर कानुनी अध्यक्ष सिलवाललाई हटाउने सम्बन्धमा अर्थमन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।
यसअघि अर्थमन्त्रालयले गठन गरेको छानविन समितिले अध्यक्ष सिलवालले २०७३ साल साउन १४ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास लिएकोले सोही आधारमा सरकारी तथ्याङ्कमा कायम जन्म मिति अनुसार २०८० साउन १४ गते ६५ वर्ष उमेर पुरा भएकोले अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकाय पदाधिकारी तथा सदस्य नियुक्ती र मनोनयन सम्बन्धी मापदण्ड २०७३ बमोजिम पदमुक्त हुने व्यवस्था अनुसार पदमुक्त गर्नुपर्ने सिफारिस गरेको थियो । सोही प्रतिवेदनको अर्थमन्त्रालयको उक्त मापदण्ड अनुसार अध्यक्ष सिलवालाई पदमुक्त गर्न लागिएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !