काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीन योजनाले प्रस्तावित लाभांश (प्रतिफल) प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । योजना व्यवस्थापक सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले लाभांश प्रयोजनका लागि भदौ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
बुक क्लोजको आधारमा भदौ २५ गतेसम्म कायम इकाईनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन बन्दमुखी योजना सानिमा इक्वीटी फण्डले १५ प्रतिशत, सानिमा लार्ज क्याप फण्डले १० प्रतिशत र सानिमा ग्रोथ फण्डले १० प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !