काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत ‘नाडा अटो शो २०२४’ हिजोबाट शुरु भएको छ । यो वर्षको नाडा अटो प्रदर्शनीमा कैयौं नयाँ ब्राण्डहरू देखिएका छन् । जसमध्ये सबैजसो विद्युतीय सवारीसाधन रहेका छन् ।
अटो शोमा विभिन्न ब्राण्डसँगै करिब १२ नयाँ ब्राण्डका सवारी आएका छन् । प्यासेन्जर कारका हकमा सुजुकी बाहेक अन्य सबै ब्रान्डका बिद्युतीय कार प्रदर्शनमा राखिएको छ। यसका साथै, सार्वजनिक यातायातका रूपमा प्रयोग गरिने कमर्सियल भ्यान र माइक्रो बस पनि विद्युतीय नै राखिएको छ । विश्वभर नै इभी सवारीसाधनको प्रयोग बढेकाले नेपालमा पनि बिस्तारै यसको प्रभाव देखिएको हो। नेपाली अटो बजारमा अहिले इभी सवारीको चर्चा रहेको छ ।
यद्धपी, चार पाङ्ग्रेका प्रदर्शनी भन्दा दुई–पाङ्ग्रे ब्रान्डका प्रदर्शनीमा भीडभाड देखिएको छ । नाडा अटो शोको पहिलो दिन, दुई–पाङ्ग्रे सवारी हेर्ने र जिज्ञासा राख्ने सर्वसाधारणको सहभागिता बाक्लो देखिएको छ ।अटो शोमा १९ दुई–पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिँदै छन्।
अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा २४ चार पाङ्ग्रे, १९ दुई पाङग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्राण्डहरू प्रदर्शनरत छन् । साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुने छन् भने १३० वटा स्टलहरू छन् । शोमा टाटा, महिन्द्रा, हुण्डाई, सुजुकी, बीवाईडी, एमजी, किया, बीएमडब्ल्यूजस्ता पुराना स्थापितदेखि डिपल, अवतार, भिनफास्ट, काइवी, जिकर, लुमिन, लिपमोटर, स्काईवेल, रिडारा, आयोन, सिट्रोन, एक्स–पेङ, ओमोडा, भोल्ट्स लगायत ब्राण्डका सवारी साधन समावेश छन् । त्यस्तै यसपटकको अटो शोमा विद्युतीय सवारीसाधनको बर्चस्व दमदार देखिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !