काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । बैठकमा विधेयकका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विस्तार हुँदै गएको सेयर बजारलाई सुरक्षित, मर्यादित ढंगले अघि बढाउन, प्रभावकारी नियमनको प्रबन्ध गर्न आवश्यक भएकोले विधेयकमा संशोधनको आवश्यकता रहेको स्पष्ट पारे ।
अर्थमन्त्री पौडेलले सेयर बजारमा लगानीकर्ताको सुरक्षाको सङ्कल्प विधेयकले गरेको बताए ।विधेयक माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले विधेयकले पुँजी बजारलाई सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै लगानी सुरक्षित गर्न बनेका नीति नियमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
सांसदहरुले पुँजी बजारलाई प्राकृतिक रुपमा सञ्चालन हुन दिनुपर्ने भन्दै नियामकीय निकायलाई नीतिगत भ्रष्टाचार गर्ने किसिमले प्रशय दिन नहुने धारणा राखे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !