काठमाडौं। नेपालमा होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा कार दसैं उपहार, अफरमाथि अफर’ उपहार योजना सार्वजनिक गरेको छ।
योजना अन्तर्गत ग्राहकले होन्डाका कुनै पनि कार खरिदमा ५ लाखसम्मको नगद छुट, दुई वषे गाडी इन्स्योरेन्स, कर छुट र पाँच वर्षसम्म गाडीको सर्भिसिङ छुट सुविधा पाउने कम्पनीले जनाएको छ।
कम्पनीले सजिलो फाइनान्स सुविधास्वरुप होन्डा कार खरिद गर्दा आकर्षक ब्याजका साथै २० प्रतिशतसम्मको डाउन पेमेन्ट उपलब्ध गराउँदै आएको बताएको छ।होन्डाले ग्राहकलाई रोड साइड एसिस्टेन्स् सुविधाको साथै २ वर्ष अथवा कार १ लाख किलोमिटर चलाएसम्म वारेन्टी दिनेछ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !