काठमाडौँ । हप्ताको पहिलो कारोबार दिन धितोपत्र बजारमा शेयरमा ठूलो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ७९ दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार आठ सय ९४ दशमलव ५७मा बन्द भएको हो । बजार खुलेदेखिनै विभिन्न उतार चढाव व्यहोरेको नेप्से अन्ततः २.६८ प्रतिशतले घटेको छ ।
यस दिन नेप्सेका १३ उपसमूहमध्ये एक मात्र उपसमूह बढेको छ भने अन्य सबै उपसमूह घटेका छन् । आइतबार एक मात्र बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक १.११ प्रतिशतले बढेको छ। यस दिन सबै भन्दा बढी घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ४.९८ प्रतिशतले घटेको छ।
यस दिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन १९ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३३३ वटा स्टकको दुई लाख १८ हजार पटकको कारोबारमा १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको ४ करोड २६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ६० वटा कम्पनी बढेका छन् भने १८४ वटा कम्पनी घटेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा वेअन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा मन्दाकिनी हाइड्रोपावर रह्यो जसको शेयरमा ९.९१ प्रतिशतको गिरावट आएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !