काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमूल्य समायोजन भएको छ । यस योजनाले प्रस्तावित प्रतिफल प्रयोजनका लागि भदौ ७ गते बुक क्लोज गरेकाले बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुक क्लोज पछिको मूल्य तय गरिदिएको हो । नेप्सेले भदौ ६ गते कायम योजनको इकाईमूल्य ११ रुपैयाँ ९७ पैसाको आधारमा १२ दशमलव ५० प्रतिशत नगद लाभांश पछिको मूल्य १० रुपैयाँ ७२ पैसा तोकेको हो ।
सनराइज फर्स्ट म्युचुअल फण्डले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कर समेत १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बुक क्लोजको आधारमा भदौ ६ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्नेछन् । १० प्रतिशतभन्दा बढी नगद लाभांश प्रस्ताव गरेमा नगद लाभांश प्रयोजनका लागि पनि मूल्य समायोजन गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम योजनाको नगद लाभांशमा पनि मूल्य समायोजन भएको हो ।
यसै क्यापिटलको व्यवस्थापनमा सञ्चालित सन्राइज फोकस्ड इक्विटी फण्डले कर समेत ४ दशमलव ५ प्रतिशत प्रतिफल वितरणको प्रस्ताव गरेको छ । यस योजनाले पनि भदौ ७ गतेनै बुक क्लोज गरेको छ । यस योजनाको प्रतिफल पनि भदौ ६ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्राप्त गर्नेछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !