काठमाडौँ । श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई आफ्नो देशमा बिना भिसा प्रवेश दिने भएको छ।
त्यहाँको सरकारले नेपालसहित भारत, बेलायत, चीन, अमेरिका, जर्मनी, नेदरल्यान्ड, साउदी, यूएईलगायत ३५ देशका नागरिकलाई ६ महिनाको लागि ‘फ्रि भिसा’को निर्णय गरेको हो। मन्त्रिपरिषद्को उक्त निर्णय आउँदो अक्टोबर १ देखि लागू हुने पर्यटन मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै डेली मिररले उल्लेख गरेको छ।
श्रीलंकाको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनमा निर्भर छ। पर्यटकलाई आकर्षण गर्नका लागि पनि यस्तो नियम लगाइएको हो।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !