नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाला सुनको मूल्य एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आईतबारको बजारमा कायम एक लाख ५२ हजार ६०० रुपैयाँलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ । मंगलबार चाँदीको मूल्य एक हजार ८२० रुपैयाँमा कायम भएको थियो।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !