काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नेपाल धितोपत्र बोर्डको सञ्चालक सदस्यमा महानिर्देशक गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ । महासंघका अध्यक्ष चन्द्र ढकाले गत शुक्रबार महानिर्देशक अवस्थीलाई बोर्ड सञ्चालकमा सिफारिस गरेका हुन । सात सदस्यीय सञ्चालक समिति रहने बोर्डमा महासंघको प्रतिनिधि सञ्चालक सदस्य हुने प्रावधान रहेको छ ।
यस अघि महासंघको तर्फबाट उपाध्यक्ष सुरकृष्ण बैंद्य बोर्डको सञ्चालक रहेका थिए । बैद्य जिल्ला नगरतर्फको उपाध्यक्ष भएकाले महासंघको गतिविधिमै ब्यस्त हुने भएसँगै फिर्ता बोलाउने निर्णय महासंघले गरेको जानकारी दिएको छ ।
सरकारले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि सदस्य बोर्डमा रहने व्यवस्था हटाउन लागेको अवस्थामा महासंघले भने नयाँ प्रतिनिधि सिफारिस गरेको छ । धितोपत्र बजारमा स्वार्थ बाझिने काम रोक्न् सरकारले धितोपत्रसम्बन्धी ऐनमा कडाई गर्ने तयारी गरेको हो ।
गत शुक्रवार संधीय संसद्मा अर्थमन्त्री विष्णु पौडेलले दर्ता गरेको विद्येयकमा धितोपत्र बोर्डमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइक्यान० बोर्डमा प्रतिनिधि सदस्य रहने व्यवस्था हटाउन प्रस्ताव गरिएको छ । विद्येयकमा ७ जनाको सञ्चालक समितिलाई पाँच जना रहने व्यवस्था प्रस्ताव गरिएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !