काठमाडौँ । आज जनैपूर्णिमा, वैदिक सनातन धर्मावलम्बीले महत्वपूर्ण पर्वका रूपमा मनाउने गरेका छन् । जनैपूर्णिमा विशेष मन्त्रले तयार पारिएको जनै धारण गर्ने र हातमा डोरो बाँध्ने दिन हो । यस दिन श्रावणी स्नान, अरुन्धतीसहित सप्तऋषिको पूजन तथा तर्पण, जनैको प्रतिष्ठा, नयाँ जनै धारण, पितृको स्मरण, रक्षाबन्धन पूजा र धारण आदि कर्म गर्ने गरिन्छ ।
आजैको दिन विभिन्न १६ प्रकारका गेडागुडी भिजाई क्वाँटीको रुपमा खाने प्रचलन छ । झरी र वर्षाले चिसिएको शरिर क्वाँटीको झोल खाँदा आराम मिल्ने मान्यता रहिआएको छ । जनैको एउटा डोरोमा ९ वटा धागो हुन्छ । तीन डोरोमा एउटा ब्रह्मगाँठ लगाइन्छ । ९ वटा धागोमा ९ देवताको निवास हुन्छ । सर्वप्रथम ब्रह्माले तीन वेदको तीन सूत्र (धागो) बनाएका, विष्णुले ज्ञान, कर्म, उपासनाले यसलाई त्रिगुणा गरेका र शिवले गायत्री मन्त्रको अभिमन्त्रणले ब्रह्मगाँठ लगाएर जनै निर्माण गरेका हुन् । जनैमा सम्पूर्ण देवी–देवताको बास हुने भएकाले यसलाई नियमपूर्वक धारण गर्नु पर्ने मान्यता छ ।
आजकै दिन पवित्र धार्मिकस्थल गोसाइँकुण्ड,सुदुरपश्चिमको बडिमालिकामा मेला लाग्ने गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !