काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझ्न सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले सूचना जारी गर्दै साविक वीरगंज फाइनान्स लिमिटेड, एच एण्ड वि डेभलपमेन्ट बैंक लिमिटेड र लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेको विभिन्न साधारण सभाबाट पारित भएका पाँच वर्ष पुरानो नगद लाभांश बुझ्न आग्रह गरेको हो ।
कम्पनीका अनुसार वीरगंज फाइनान्सको आर्थिाक वर्ष ०६५/६६ र ०६६/६७ को ८ लाख ८२ हजार ४३४ रुपैयाँ २७ पैसा, एच एण्ड वि डेभलपमेन्टको आर्थिक वर्ष ०६७/६८ को १२ लाख ९० हजार ९७३ रुपैयाँ ९७ पैसा र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीको २५ लाख १ हजार ७६९ रुपैयाँ ९८ पैसा बराबर कुल ४६ लाख ७५ हजार १७८ रुपैयाँ २२ पैसा नगद लाभांश वितरण हुन बाँकी छ । उक्त लाभांश लिन बाँकी सदस्यहरूले आगामी ३० दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।
तोकिएको अवधिभित्र लाभांश बुझ्न नआए लगानीकर्ता संरक्षण कोषमा पठाईने जानकारीसमेत कम्पनीले दिएको छ । लाभांश रकम बुझ्न बाँकी शेयरधनीहरूको विवरण कम्नपीको वेवसाइटमा राखिएको कम्पनीको भनाई छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !