काठमाडौं । विद्युत बिक्री बढेपछि अपर तामाकोशी हाइड्रोको नोक्सानी घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड २ अर्ब ६८ करोड रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनी ४ अर्ब ९ करोड रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नोक्सानी १ अर्ब ४१ करोड रूपैयाँभन्दा बढीले घटेको हो ।
गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेकाले नोक्सानी घट्न पुगेको हो । साथै वित्तीय खर्च कम हुँदा समेत खुद नोक्सानी घट्नमा सहयोग मिलेको देखिन्छ । अघिल्लो वर्ष चौथो त्रैमाससम्म ८ अर्ब १० करोड रूपैयाँभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले गत वर्ष सोही अवधिसम्म ८ अर्ब ७५ करोड रूपैयाँभन्दा बढीको विद्युत विक्री गरेको हो ।
त्यस्तै अघिल्लो वर्ष ७ अर्ब २७ करोड रूपैयाँभन्दा बढी वित्तीय खर्च भएको कम्पनीको गत वर्ष ६ अर्ब ६९ करोड रूपैयाँभन्दा बढी मात्र वित्तीय खर्च भएको हो । हाल यस कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रूपैयाँ रहेको छ । शेयर प्रिमियममा ९१ करोड ३७ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटेन अर्निग भने १० अर्ब ४ करोड रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीले लिएको दिर्घकालिन कर्जा गत चौथो त्रैमाससम्म १ अर्ब २६ करोड रूपैयाँभन्दा बढी रहेको छ ।
यस कम्पनी अन्तर्गतको ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट हाल पूर्ण रुपमा व्यापारिक उत्पाद भैरहेको छ । चौथो त्रैमाससम्म १२ रूपैयाँ ६९ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ५६ रूपैयाँ ८८ पैसा छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !