काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको स्वागत गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै चालु आ.व. २०८१/०८२ को मौद्रिक नीतिले सहकारी क्षेत्र लगायत समग्र अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,”पहिलो पटक मौद्रिक नीतिमार्फत सहकारी क्षेत्रका चुनौती सम्बोधन हुनुले सहकारी अभियानको मनोबल उच्च बनाएको छ ।बचत तथा ऋण सहकारी संस्थाहरूको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय स्थापनामा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने उद्घोषले सहकारीप्रति विश्वासको वातावरण पुर्नस्थापित हुनेअवस्था सिर्जना भएको छ । साथै, नियमन तथा सुपरिवेक्षण संयन्त्र निर्माणका लागि आवश्यक कानुन बनाउन सरकारसँग समन्वय गर्ने प्रतिबद्धताको स्वागत गर्दै यस कार्यमा अभियानसंग समेत समन्वयका लागि हार्दिक अनुरोध गर्दछौं ।”
“समस्याग्रस्त सहकारीका संचालक र एकाघरको परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाखसम्मका सदस्यको बचत रकम फिर्ता गर्न नेपाल सरकारलाई सहजीकरण गर्ने व्यवस्था मौद्रिक नीतिमा समावेश भएको छ । यसले समस्याग्रस्त सहकारीका बचतकर्ता सदस्यहरूको बचत फिर्ता सहज रूपमा हुने वातावरण सिर्जना भएको छ,”विज्ञप्तिमा उल्लेख छ ।
महासंघले चालु मौद्रिक नीतिले सहकारी क्षेत्रको आत्मबल बढाउन, समस्या समाधान गर्नर आर्थिक स्थायित्वमा योगदान पु¥याउन महत्वपूर्ण विषय समेटेको जसका कारण समग्र अर्थतन्त्र चलायमान हुने अपेक्षा लिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !