काठमाडौँ । भीमेश्वर मन्दिरमा रहेको शिलामा बुधबार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १२स् ४५ देखि ‘पसिना’ आएको बताए ।
यसअघि श्रावण ५ गते शनिबार दिउँसो १स्४७ बाट शिलामा पसिना आएको थियो । शिलामा यो पटक पुरै भाग ओगटेर पसिना आएको श्रेष्ठले बताए । गएको शनिबार भने शिलाको बाँयाबाट ‘पसिना’ निरन्तर आइरहेको थियो ।
यसअघि २०७७ सालको फागुनमा कोरोना अघि भीमेश्वरको शिलामा पुरै भागमा ‘पसिना’ आएको उनले बताए । शिलामा पसिना आएपछि स्थानीयसहित भक्तजन मन्दिर परिसरमा भेला भएर बाजागाजासहित घण्ठा बजाउने, धुपबत्ती गर्नुका साथै मन्दिरका मुख्य व्यक्तिहरुले शिलामा पंखाले हम्किने गरिरहेका श्रेष्ठले बताए ।
भीमेश्वरको शिला ९चट्टान० मा कालो पानीको थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको भन्ने जनविश्वास छ । शिलामा ‘पसिना’ पुछेको कपास लिनेको ठुलो भीड मन्दिरमा लागेको छ । मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीय र मन्दिर व्यवस्थापन समितिलाई खबर गरेका थिए ।
‘पसिना’ आएको खबर लगत्तै जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना लगायतका प्रमुख तथा प्रतिनिधि मन्दिरमा पुगेका थिए । भीमेश्वरको शिलामा पसिना आएमा भविष्य सूचक संकेतका रुपमा लिन जनविश्वास रहेको छ । शिलामा ‘पसिना’ आएकाले राष्ट्र प्रमुखले क्षमापूजा गर्ने चलन छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !