काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारका क्रममा काठमाडौं महानगरपालिकाका कर्मचारीहरु यतिखेर पहिले जडान गरिएको बार निकालिरहेका छन् । अदालतको आदेशअनुसार महानगरपालिकाले डेढ महीनापछि गत बुधवारबाट फुटपाथ विस्तारको काम पुनः शुरु गरेको हो । स्थानीयले विरोध गर्दा पनि उक्त काम रोकिएको छैन ।
वडा नम्बर २४ स्थित न्यूरोडमा दायाँबायाँ डेढ-डेढ मिटर सडक खनेर सिमेन्टको ब्लक लगाइएको छ । एकदुई दिनमै फुटपाथ तयार हुने अवस्थामा छ । स्थानीय व्यापारीले भने कामको अघि बढिरहँदा पनि सडक साँग्रो बनाएर फुटपाथ बिस्तार गर्दा मानिसहरुको आवतजावतमा ठूलो असर पर्ने भन्दै विरोध जनाइरहेका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !