काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ५ हजार ४६९ कित्ता शेयरको लकइन अगामी भदौ ७ गतेपछि सकिने भएको छ । संस्थापक तर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयर तीन वर्ष लइकन पश्चात परिपक्क हुन लागेको हो ।
लकइन अवधि समाप्त हुने शेयरमध्ये सञ्चालक सदस्यहरूको स्वामित्वमा रहको र कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरूले भने खरीदविक्री गर्न पाउनेछैन् । कम्पनीले २०७८ साल साउन २७ गतेदेखि साउन २१ गतेसम्म कर्मचारी समेत सर्वसाधारणमा आईपीओ निष्कासन गरी २०७८ साल भदौ ७ गते बाँडफाँट गरेको थियो ।
सर्वसाधारणमा बाँडफाँट भएको मितिले तीन वर्षसम्म संस्थापक र सर्वसाधारणतर्फको शेयर लकइनमा रहने व्यवस्था बमोजिम यी शेयर लकइनमा रहेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !