काठमाडौँ । यस साताको पहिलो कारोबार दिन पनि नेप्से ठूलो अंकले बढेको छ । यस दिन नेप्से ६१.६१ अंकले बढेर २४८५.९४ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः २.५४ प्रतिशतले बढेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमूहका परिसूचक बढेका छन् । आइतबार सर्वाधिक बढ्नेमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ६.८० प्रतिशतले वृद्धि भएको छ । यसै गरी सबै भन्दा कम बढ्नेमा निर्जीवन बिमा उपसमूह रह्यो जसको परिसूचक ०.६५ प्रतिशतले बढेको छ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन १५ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१५ वटा स्टकको एक लाख ७७ हजार पटकको कारोबारमा १५ अर्ब २३ करोड रुपैयाँ बराबरको चार करोड ११ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १८१ वटा कम्पनी बढेका छन् भने ५६ वटा कम्पनी घटेका छन् । त्यसै गरि ५ कम्पनी भने स्थिर रहेका छन्। यस दिन सर्वाधिक बढ्नेमा युनाइटेड मोदि हाइड्रोपावर, गणपती लघुवित्त र समता लघुवित्त, हिमालयन बैंक लिमिटेड रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा सिक्लेस हाइड्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
आइतबार सर्वाधिक रकमको कारोबार गर्नेमा सोल्टी होटल लिमिटेड रह्यो जसको ३४ करोड १० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा कुमारी बैंक लिमिटेड रह्यो जसको १४ लाख ९० हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !