काठमाडौँ। सुनको मूल्य आज प्रतितोला रु. एक हजार तीन सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु. एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो ।
त्यस्तै शुक्रबार प्रतितोला रु. एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज रु. एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ ।
चाँदीको मूल्य भने आज प्रतितोला रु २० ले घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार आठ सय १० निर्धारण भएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !