यस दिन छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा किनबेच भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !