काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । साउन ६ गते आइतबार बस्ने प्रतिनिधी सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने नेकपा एमालेका मूख्य सचेतक महेश बर्तौलाले जानकारी गराएका छन् । गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
प्रधानमन्त्री ओलीले पार्टीका केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग छलफल गर्दा विश्वासको मत समयमै लिन चाहेको बताएका थिए । सोही अनुरुप प्रधानमन्त्रीले ६ गते संसदबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम पनि छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !