काठमाडौँ । बुधबार पनि नेप्से भारि अंकले बढेको छ । यस दिन नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः २.३३ प्रतिशतले बढेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमूहको परिसूचक बढेका छन् । बुधबार सर्वाधिक बढ्नेमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ७.३० प्रतिशतले वृद्धि भएको छ । यसै गरी सबै भन्दा कम बढ्नेमा म्युचुवल फण्ड उपसमूह रह्यो जसको परिसूचक ०.०८ प्रतिशतले मात्र बढेको छ।
नेप्से बढेसंगै कारोबार रकममा पनि ठूलो वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ९ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१५ वटा स्टकको एक लाख १९ हजार पटकको कारोबारमा १२ अर्ब ५ करोड रुपैयाँ बराबरको तिन करोड २० लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा २०४ वटा कम्पनी बढेका छन् भने ३२ वटा कम्पनी घटेका छन् । त्यसै गरि ६ कम्पनी भने स्थिर रहेका छन्। यस दिन सर्वाधिक बढ्नेमा सेन्ट्रल फाइनान्स रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा सिटिजन म्युचुवल फण्ड रह्यो जसको शेयरमा ९.९० प्रतिशतको गिरावट आएको छ ।
बुधबार सर्वाधिक रकमको कारोबार गर्नेमा सिंगटी हाइड्रो इनर्जी लिमिटेड रह्यो जसको २३ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी रह्यो जसको १२ लाख २९ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !