काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्सेमा हरियाली छाएको छ । यस दिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अंकमा बन्द भएको छ । यससँगै नेपाली लगानीकर्ता माझ उत्साह छाएको छ। बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ३.१३ प्रतिशतले बढेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य १२ वटा उपसमूहको परिसूचक बढेका छन् भने एक उपसमूहको परिसुचक घटेको छ । मंगलबार सर्वाधिक बढ्नेमा हाइड्रोपावर उपसमूह रह्यो जसको परिसूचक ५.४५ प्रतिशतले वृद्धि भएको छ । यसै गरी आज एक मात्र घट्नेमा म्युचुवल उपसमूह रह्यो जसको परिसूचक ०.४२ प्रतिशतले मात्र बढेको छ।
नेप्से बढेसंगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१५ वटा स्टकको एक लाख १९ हजार पटकको कारोबारमा ९ अर्ब १३ करोड रुपैयाँ बराबरको दुई करोड ५८ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा २३४ वटा कम्पनी बढेका छन् भने ८ वटा कम्पनी घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा नेपाल इन्वेस्टमेन्ट डिबेन्चर, एकआइबिएल ग्रोथ फण्ड, एलबिबिएल डिबेन्चर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
मंगलबार सर्वाधिक रकमको कारोबार गर्नेमा नगदी ग्रुप पावर रह्यो जसको २१ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा अपि पावर कम्पनी रह्यो जसको ८ लाख ८३ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !