प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएसँगै राष्ट्रपति पौडेलले शुक्रबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए। ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए।
दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ। त्यसपछि ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन्। शपथ कार्यक्रम भने सोमबारका लागि तय गरिएको छ। ओलीले संविधानको धारा ७६ (२) अनुसार गठन हुने सरकारको नेतृत्व गर्दैछन्।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !