काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेको छ । यस दिन नेप्से ४.६२ अंकले घटेर २१३६.३५ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२१ प्रतिशतले घटेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ३ वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य दश वटा उपसमूहको परिसूचक घटेका छन् । सोमबार सर्वाधिक बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक ०.९२ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा होटल तथा पर्यटन उपसमूह रह्यो जसको परिसूचक ०.९५ प्रतिशतले घटेको छ ।
नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब २९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३२४ वटा स्टकको ५९ हजार ९ सय ७४ पटकको कारोबारमा ४ अर्ब ५६ लाख रुपैयाँ बराबरको एक करोड ४ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ९५ वटा कम्पनी बढेका छन् भने १४१ वटा कम्पनी घटेका छन् । यसैगरी १० वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा समाज लघुवित्त रह्यो जसको शेयरमा ९.६८ अङ्कको सुधार आएको छ । सर्वाधिक घट्नेमा मैलुङ्ग खोला जलविद्युत कम्पनी रह्यो जसको शेयर ८.३९ प्रतिशतले घटेको छ ।
सोमबार सर्वाधिक रकमको कारोबार गर्नेमा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेवेलपमेन्ट कम्पनी रह्यो जसको २८ करोड ७० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सोहि कम्पनी रह्यो जसको ३ लाख ९० हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !