काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज असार २४ गते सोमबार १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ८८ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ २८ पैसा कायम भएको छ । आइतबार पनि अमेरिकी डलर यहि भाउमा किनबेच भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४४ रुपैयाँ १० पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ४५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७० रुपैयाँ ७३ पैसा खरिद दर १७१ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९० रुपैयाँ ३७ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९८ रुपैयाँ १५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !