काठमाडौं। नेपाल धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रियामा परेको मुद्दामा आज सर्वोच्च अदालतमा छलफल हुँदैछ । निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफलका लागि सर्वोच्चले दुबै पक्षलाई बोलाएको छ ।
धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले अध्यक्ष चयनको प्रक्रिया रद्द गरेको सूचना जारी गरेको थियो । समितिले छनौट प्रक्रिया रद्द गर्नु कानुनसंगत नभएकाले त्यसलाई यथास्थानमा रहन दिई प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै प्रतिष्पर्धी सन्तोष नारायण श्रेष्ठले रीट दायर गरेका थिए ।
श्रेष्ठको रीटमा सुनुवाई गर्दै असार २१ सम्म धितोपत्र बोर्ड नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न र उक्त दिन छलफलमा आउन सर्वोच्चले अल्पकालीन अन्तरिम दिएको थियो । आदेश पछि आज अदालतमा छलफल हुन लागेको हो ।
नेपाल सरकार, अर्थमन्त्रालयसहित सिफारिस समितिका संयोजक डा.मीनबहादुर श्रेष्ठ समेतलाई विपक्षी बनाइ रिट निवेदन दर्ता भएको थियो । संयोजक श्रेष्ठसहितको तर्फबाट शुक्रबार महान्यायाधिवक्ताको कार्यालयले डिफेन्स गर्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !